छठ मनाउन रवि लामिछाने जनकपुरमा
जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्वमा सहभागी हुन जनकपुर पुगेका छन् ।
आज जनकपुर विमानस्थलमा उनलाई पार्टीका सांसद तथा पूर्वमन्त्रीहरूले स्वागत गरेका छन् ।
छठ पर्वमा सहभागी हुन जनकपुर पुगेका लामिछानेको स्वागतका क्रममा पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

